सीता दाहालको निधनले बाम आन्दोलनलाई क्षति : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आज शोक विज्ञप्ति जारी गरी अध्यक्ष केसीले नेकपा (माओवादी केन्द्र) की नेत्रीसमेत रहनुभएकी दाहालको निधनले आफूलाई ज्यादै दुःखी तुल्याएको उल्लेख गरेका छन् ।

उनले मृतक दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । अध्यक्ष केसीले दाहालको निधनले माओवादी केन्द्र र नेपालको बाम आन्दोलनलाई क्षति पुगेको पनि उल्लेख गरेका छन् । 

उनले शोकाकुल माओवादी केन्द्रलाई शोकलाई शक्तिमा परिणत गर्ने क्षमता प्राप्त होस् भन्ने कामनासमेत गरेका छन् । 





  • प्रकाशित मिति : असार २७, २०८० बुधबार २२:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया