तेह्रथुममा पहिरोले घर पुरिँदा एकको मृत्यु, चारजना घाइते
फाइल तस्बिर

तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । घटनामा चारजना घाइते भएका छन् । जिल्लाको आठराई गाउँपालिका–२ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार थलङको मृत्यु भएको हो ।  

पहिरोले पुरेको स्थानबाट उद्वार गरेर उपचारका लागि पाँचथर अस्पताल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

८४ वर्षीया जसमाया खापुङ्ग, ६३ वर्षीय गणेश इस्वो, २८ वर्षीय राजेश थलङ र २५ वर्षीया करिना थलङ घाइते भएका छन् । 

घाइतेमध्ये गणेश इस्वो र राजेश थलङको जिल्ला अस्पताल पाँचथर फिदिम तथा राजेश र करिनाको प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्ति बजारमा उपचार भइरहेको छ ।    





  • प्रकाशित मिति : असार २९, २०८० शुक्रबार २१:०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया