जनकपुर-जयनगर रेल आजदेखि भंगहासम्म चल्ने, भोलिदेखि दैनिक ६ पटक सेवा
फाइल तस्बिर

जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म सञ्चालन हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा सञ्चालन हुन लागेको हो ।   

थप १७ किलोमिटर रेल सेवाको उद्‍घाटन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला आज महोत्तरी जाँदै छन् । उनले आज आज बिहान साढे १० बजे महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उद्‍घाटन गर्ने कार्यक्रम छ ।  

यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा सञ्चालन हुँदै आएको थियो । थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटर यात्रा विस्तार हुनेछ ।
 





  • प्रकाशित मिति : असार ३१, २०८० आइतबार ७:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया