कर्णाली प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले दुई विधेयक प्रमाणीकरण गरेका छन् । 

उनले ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न विधेयक’ र ‘आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि कर्णाली प्रदेश सञ्चित कोषबाट केही खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको विधेयक’ आज प्रमाणीकरण गरेका हुन् । 

उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालय वीरेन्द्रनगर सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिए । 





  • प्रकाशित मिति : असार ३१, २०८० आइतबार २२:१८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया