अधिकार सम्पन्न बूढीगण्डकी प्राधिकरण बनाउन माग

बूढीगण्डकी आयोजना प्रभावितहरूले आयोजना निर्माण हुने सुनिश्चिततासहित अधिकार सम्पन्न प्राधिकरण बनाउन माग गरेका छन् । 

आयोजना प्रभावितका दुईवटा सरोकारवाला समूहले आज एक प्रेस विज्ञप्तिमार्फत स्थानीयवासीको जायज माग सम्बोधन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न र डुबान क्षेत्रका बासिन्दाको पुनर्वास गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै, आयोजना प्रभावित बजार क्षेत्रका व्यवसायको संरक्षण गरी उचित व्यवस्थापन गर्न र तत्काल लगानीको ढाँचा टुंगाेमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समिति गोरखाका संयोजक हरेराम ढकाल र बूढीगण्डकी जलाशययुक्त आयोजना सरोकार समिति आरुघाट विशालनगर गोरखा धादिङका तर्फबाट दिनेशकुमार ढकालले ध्यानाकर्षण गराएका हुन् । 

उनीहरूले आज सार्वजनिक गरेकाे प्रेस विज्ञप्तिमा आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण आवश्यक रहेको उल्लेख छ । नेपाल विद्युत् प्राधिकरण मातहतको कम्पनीले सो आयोजना निर्माण गर्न सक्नेमा सरोकारवाला समितिहरूले आशंका व्यक्त गरेको छ ।

व्यवस्थित सहरीकरण, पर्यटन विकास र वातावारण तथा जैविक विविधता संरक्षणको समग्र काम गर्ने गरी नेपाल विद्युत् प्राधिकरणभन्दा शक्तिशाली र अधिकार सम्पन्न बूढीगण्डकी विकास प्राधिकरण स्थापना गरिनुपर्ने उनीहरूको माग छ । सरकारले केही दिनभित्रै सो आयोजनाको कार्यालय स्थापना गरी शिलान्यास गर्ने तयारी गरेको छ ।





  • प्रकाशित मिति : साउन १, २०८० साेमबार १९:०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया