श्रद्धाञ्जली सभामा प्रचण्डले भने- अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी स्वर्गीय सीता दाहालको स्मरणमा श्रद्धाञ्जली सभा गरिएको छ । गत असार २७ गते स्वर्गारोहण भएकी स्व. दाहालको स्मरणमा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा श्रद्धाञ्जली सभा गरिएको हो । 

श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू, सांसदहरू, राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू लगायत शुभेच्छुक तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो । 

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो जीवनसंगिनीको उपचारमा संलग्न चिकित्सकहरूलाई धन्यवाद दिए । उहाँले स्व. दाहालको उपचार राज्यबाट कुनै सुविधा नलिई कन सबै खालको उपचार पद्धतिबाट गरिएको स्मरण गरे । उनले जीवनसंगिनी सीताले शान्त मृत्यु रोजेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘पछिल्ला वर्षहरूमा हामीले एक छोरी र छोरासहित दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु व्यहोर्यौँ । शरीरले साथ दिएसम्म यो पीडामा उनी पनि दृढतापूर्वक उभिई नै रहिन् । र त्यो पीडाको सामना गरिरहिन् । उनी थला नै परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो । अन्तिम अवस्थामा अस्पतालको आइसियु वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने हामीलाई चिन्ता थियो । तर बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् ।’ 





  • प्रकाशित मिति : साउन २, २०८० मंगलबार १३:३६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया