प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन जाँदा स्थानीय प्रशासनले बन्धक बनायाे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउन गएका बुढीगण्डकी सरोकार समितिका पदाधिकारीलाई स्थानीय प्रशासनले केहीबेर बन्धक बनाएको छ । 

प्रधानमन्त्री दाहाल बुधबार गोरखाको बेनिघाटस्थित फिल्ड कार्यालय उद्घाटन गर्न गएका थिए । साेही क्रममा बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समिति र बुढीगण्डकी जलविद्युत सरोकार समिति आरुघाट विशालनगरले संयुक्त ज्ञापन पत्र बुझाउने तयारी गरेको थियो ।

स्थानीय प्रशासनले उनीहरूलाई ज्ञापनपत्र बुझाउन नदिई बन्धक बनाएको हाे । साे क्रममा राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकाल र विष्णु अंगाई तथा आरुघाट, विशालनगर सरोकार समितिका अध्यक्ष दिनेशकुमार ढकाललाई बुढीगण्डकी फिल्ड कार्यालयको बैठक कक्षमा बन्धक बनाइएको हो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई फोन गरेर आफूहरुलाई बन्धक बनाएको जानकारी गराएको ढकालले बताए । ढकालले फोन गरेपछि भट्टराईले मञ्चमै रहेका प्रधानमन्त्री प्रचण्डसँग यसबारे कुरा गरेका थिए । त्यसको पाँच मिनेटपछि प्रमुख जिल्ला अधिकारी भुसाल आफूहरुलाई राखिएको बैठक हलमा आएको र बाहिर निस्कन पाएको ढकालले बताए । 

आफूहरु करिब एक घण्टा उक्त कोठामा थुनिएको ढकालको भनाइ छ । कार्यक्रम सकिएपछि प्रधानमन्त्री फर्किने बेलामा हेलिप्याडमा पुगेर ज्ञापनपत्र बुझाएको संयोजक ढकालले बताए ।





  • प्रकाशित मिति : साउन ३, २०८० बुधबार १८:१२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया