संघीय गणतन्त्रबाट जनता खुसी भएनन् : कृष्ण सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनता संघीय गणतन्त्रबाट खुसी नभएको बताएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै नेता सिटौलाले यस्ताे बताएका हुन् ।  

गणतन्त्र स्थापनाका बेला गृहमन्त्रीका रूपमा महत्वपूर्ण भूमिका खेलेका सिटाैलाले संघीय गणतन्त्रको पहिलो कार्यकालको उपलब्धिबाट जनता सन्तुष्ट नभएको बताएका हुन् । 

पार्टीको केन्द्रीय समितिको बैठकले आम सरोकारका विषयमा पार्टीले धारणा बनाउनुपर्ने उनको भनाइ थियो। पार्टीका कार्यक्रम कार्यान्वयन गर्दा प्रदेशको महत्वलाई नबिर्सिन सुझाव दिँदै उनले पार्टीका कार्यक्रम गर्दा कार्यकर्तालाई व्यापक रुपमा जिम्मेवारी कार्यक्रम गर्न आग्रह गरे।

उनले संविधानले व्यवथा गरेको संघीय लोकतन्त्रका बारेमा पार्टीको प्रतिबद्धता आउनुपर्ने विचार राख्दै संविधानले व्यवस्था गरे अनुसारका कानुन तत्काल बनाउनुपर्ने माग गरे । 





  • प्रकाशित मिति : साउन ८, २०८० साेमबार १८:१२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया