राजेन्द्र लिङ्देनलाई कमल थापाको सुझाव : संसदको फोहोरी खेलमा नलाग्नुहोस्

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई संसदको फोहोरी खेलमा नलाग्न सुझाव दिएका छन् । 

काठमाडौं राष्ट्रिय जन आन्दोलन मोर्चासँगको पार्टी एकता घोषणा कार्यक्रममा उनले भने, ‘राजेन्द्र लिङ्देनप्रति मेरो हाम्रो कुनै आग्रह पूर्वाग्रह छैन । जे जस्तो परिस्थितिमा होस् महाधिवेशनबाट उहाँ अध्यक्ष निर्वाचित हुनु भएको हो । त्यसलाई मैले स्वीकार गरिसकेको छु । उहाँलाई मैले बधाई दिएको छ । उहाँलाई पनि म आग्रह गर्न चाहन्छु । पार्टी एकता महाधिवेशनको म्यान्डेटअनुसार सत्ता केन्द्रित फोहोरी प्रतिस्पर्धामा नलाग्नुस् ।’

थापाले महाधिवेशनमा दुर्घटना नभएको भए राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०–३५ सिटमा चुनाव जित्थ्यो भन्दै अहिलेको राप्रपाको सफलता पनि कम नभएको बताए ।

‘१४ जनाले संसदबाट हुंकार गर्नुस् । सत्ताको लागि होइन । हामी सडकबाट गर्छौँ । हामी पनि हेर्छौँ कसले के गर्दो रहेछ,’ थापाले भने । 
 





  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार ७:३४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया