दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएकामध्ये दुई जनाको शव फेला परेको छ । पहिरोमा पुरिए बेपत्ता भएका चारमध्ये दुईको शव फेला परेको हो ।
पहिरोमा पुरिएकी ५० वर्षीया देवीमाया मगरको शव खोजीको क्रममा शुक्रबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ । यसअघि शुक्रबार बिहान १५ महिने बालक प्रिन्स थामीको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको थियो ।
पहिरोमा पुरिएर हराइरहेका टोपाटारमा स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ र ६० वर्षीय कृष्णबहादुर मगरको अवस्था अज्ञात छ । उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी ४० वर्षीय यज्ञबहादुर थामी, उनकी श्रीमती ३९ वर्षीया धनमाया थामी र २२ वर्षीया बुहारी सिता थामी घाइते भएका छन् । घाइते दुवैलाई उपचारको लागि काठमाडौं लगिएको छ । सीताको भने सिँगटी अस्पतालमा उपचार भइरहेको छ ।
गएराति गौरीशंकर गाउँपालिका–८ सल्लेमा गएको पहिरोले वडा नं ७ को टोपाटारको बस्ती पुरेको थियो । पहिरोका कारण केही घर पुरिएका छन् भने ३२ भन्दा बढी घर जोखिममा परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।