भारतको आर्थिक विकासबाट नेपालले फाइदा लिनुपर्छ : कमल थापा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राप्रपा नेपालका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले नेपाल सरकारले भारतसँगका सन्धि र सीमा समस्या समझदारीमा समाधान गर्न सक्नुपर्ने बताएका छन् ।

शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र इपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा उनले भारतसँग असमझादारीभन्दा पनि समझदारी बढाएर दुई देश भित्रका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने बताएका हुन् । 

उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणमबाट खुसी भएर फर्किए पनि व्यावहारिकरूपमा के परिवर्तन भएको भन्ने विषय सबैले देखिरहेको बताए । थापाले नेपाल–भारतबीच विगतदेखि स्वाभीमान, राष्ट्रियताको दृष्टिकोणबाट महत्वपूर्ण विषयमा समस्याहरू रहेको बताए । उनले सन् १९५० को सन्धि, दुई देशबीच रहेको सीमा सम्बन्धी विवाद, सीमा व्यवस्थापन सम्बन्धी विषय, बेलाबेला आउने डुवानसम्बन्धी समस्या र पारवहानसँग सम्बन्धित विषयहरूमा रहेका असमझदारीलाई सरकारले ट्रयाकमा राखेर यसैलाई आधार मानेर अरू सम्बन्धलाई असर पर्न दिनु नहुने बताए ।  

‘नेपाल र भारतको सम्बन्धमा परम्परादेखि रहेका केही इभीडेन्सहरू छन् । स्वाभिमान, राष्ट्रियताको दृष्टिकोणबाट महत्वपूर्ण विषयहरू छन् । तर, आजको भोलि नै समस्याको समाधान गरिहाल्नुपर्ने नभए सम्बन्ध अघि नै बढ्न नसक्ने अवस्था होइन । केही हाम्रा स्वार्थ, स्वाभिमानसँग गाँसिएका विषयहरू पर्छन्,’ थापाले भने, ‘त्यसलाई समग्र रुपमा भन्दाखेरी सन् १९५० को सन्धि, दुई देशबीच रहेको सीमा सम्बन्धी विवाद, सीमा व्यवस्थापन सम्बन्धी विषय, बेला बेला आउने डुवानसम्बन्धी समस्या र पारवहानसँग सम्बन्धित विषयहरूमा केही असुविधाहरू छन् केही असमझदारीहरू छन् । यसलाई हामीले ट्रयाकमा राखेर यसैलाई आधार मानेर अरू सम्बन्धहरूलाई असर गर्नु हुँदैन । यी असुविधाहरू छन्, त्यसलाई ट्रयाकमा राखेर निश्चित मेकानिज्मको आधारमा समाधान गर्ने प्रयास गर्नुपर्छ । व्यापार र आर्थिक क्षेत्रको सुदृढीकरणमा हाम्रो ध्यान जानुपर्छ ।’

उनले व्यापार र आर्थिक क्षेत्रको सुदृढीकरणमा ध्यान जान आवश्यक रहेको बताए । थापाले नेपाली जनताको परिवर्तित चाहना र मानसिकतालाई समेत सम्बोधन गर्दै मुलुकलाई आर्थिक दृष्टिकोणबाट समृद्ध तुल्याउनका निमित्त भारतसँग अन्त्यन्तै सुमधुर सम्बन्ध राख्नुपर्ने बताए ।     

‘नेपाली जनताको परिवर्तित चाहना र मानसिकतालाई समेत सम्बोधन गर्दै हामीले मुलुकलाई आर्थिक दृष्टिकोणबाट समृद्ध तुल्याउनका निमित्त भारतसँग अन्त्यन्तै सुमधुर सम्बन्ध राख्नुपर्छ । भारतका असमझदारीलाई सम्बोधन गरेर भारतले तीव्र आर्थिक विकास गरिरहेको छ, त्यसबाट फाइदा लिनुपर्छ,’ थापाले भने ।





  • प्रकाशित मिति : साउन १९, २०८० शुक्रबार १९:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया