काठमाडौंको तारकेश्वरमा पहिरो खस्दा बाबु-छोरीको मृत्यु
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

तारकेश्वर –५ चो गाउँमा गएराति आएको पहिरोले नुवाकोट सामरी घर भई हाल तारकेश्वरस्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको हो ।

गएराति घरमाथिबाट खसेको पहिरोले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।

सोही घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २१, २०८० आइतबार ९:३७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया