दोलखाको पहिरोपीडितलाई एसएस फाउन्डेसनको सहयोग

बिहीबार दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्बुमा गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेसनले सहयोग गरेको छ । 

फाउन्डेशनले यज्ञ थामीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमार्फत् फाउन्डेसनले यज्ञका छोरा तोकबहादुर थामीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । 

कार्यक्रमा लिङ्देनसहित फाउन्डेसनका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठ, समाजसेवी सुन्दर प्रकाश खड्का कार्यक्रममा उपस्थित थिए । 

बिहीबारको पहिरोमा यज्ञसहित श्रीमती धनकुमारी र बुहारी सरिता गम्भीर घाइते भएका थिए । यस्तै, उनका साढे दुई वर्षको नातिको मृत्यु भएको थियो ।

हाल काठमाडौंको यज्ञ थमीको मन मोहन कार्डियोथिरसिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र श्रीमती तथा  बुहारी को ट्रमा सेन्टरमा  उपचार भइरहेको छ । उपचारका लागि आर्थिक अभाव भएपछि फाउन्डेसनले सहयोग गरेको हो ।



‘दोलखामा समस्यामा परेकाहरूलाई फाउन्डेसनले यसअघि पनि सहयोग गर्दै आएको छ। हामी विपदमा परेकाहरूलाई सहयोग गर्न सधैं तत्पर हुनेछौँ,’ संरक्षक उप्रेतीले भने ।  



  • प्रकाशित मिति : साउन २१, २०८० आइतबार १३:५७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया