ललिता निवास प्रकरणमा बाबुरामको प्रतिबद्धता : छानबिन भएमा पूर्णरूपले सहयोग गर्छु

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणसम्बन्धी निर्णयको छानबिनमा पूर्णरूपले सहयोग गर्ने प्रतिबद्धता  जनाएका छन् । सर्वोच्च अदालतले निर्णयकर्तासम्मै अनुसन्धान गर्न निर्देशन दिएपछि भट्टराईको यस प्रकरणको अनुसन्धान सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।     

‘ललिता निवास लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रिपरिषदलगायत सबै तहबाट भएका निर्णयहरूउपर निष्पक्ष छानबिन गरेर कानुनविपरीत, राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले कार्य भए गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानुनअनुसार कारबाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘अतः मेरो प्रमकालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ ।’ 

भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा पनि सहर्ष सहयोग गरेको पनि उल्लेख गरेका छन् । 

‘ललिता निवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले  दिएको निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्णरूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ । केही समय पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा पनि मैले सहर्ष सहयोग गरेको सर्वविदितै छ । मेरो त्यतिबेलाको बयानको ब्यहोरा पुनः सार्वजनिक जानकारीका निम्ति यहाँ प्रस्तुत छ,’ भट्टराईले लेखेका छन् । 





  • प्रकाशित मिति : साउन २२, २०८० साेमबार ८:३२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया