उपसचिव र शाखा अधिकृत गरि ३८ कर्मचारीको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उप–सचिव र शाखाअधिकृत गरी ३८ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले धेरैजसो संघीय मन्त्रालयहरूमा कार्यरत रहेका २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको हो । 

उनीहरू मध्ये धेरैजसोलाई मधेश प्रदेशमा पठाइएको छ । सरुवामा विवादित बनेका दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला पनि परेका छन् । 

उनी पछिल्लो समय एक महिलासँग सामाजिक सञ्जालमा अश्लील हर्कत गर्दै गरेको देखिएपछि विवादित थिए । उनी मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । 

उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।  





  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार १३:३९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया