केन्या गइरहेकाे इथियाेपियन विमान दुर्घटना

एजेन्सी— केन्याका लागि उडान भरेकाे इथियाेपियन विमान क्र्यास भएकाे छ ।

क्र्यास भएकाे विमान बाेइङ ७३७ हाे । अद्दिस अबाबाबाट नैराेबीका लागि उडान भरेकेा विमानमा १४९ यात्रु सवार थिए । इथियाेपियाकाे राजधानीबाट उडान भरेकाे केही समयमा नै विमान क्र्यास भएकाे थियाे । विमानमा सवार यात्रुकाे अवस्थाबारे जानकारी आइसकेकाे छैन । 

इथियाेपियाका प्रधानमन्त्री अबिनी अहमेदले यसबारे ट्विट गर्दै जानकारी दिएका थिए । उनले विमान दुर्घटनामा निधन भएका परिवारलाई समवेदना लेख्दै ट्विट गरेका थिए ।

विमान कम्पनीका प्रवक्ताले दुर्घटना स्थानीय समयअनुसार बिहान ८ बजेर ४४ मिनेट भएकाे जानकारी दिएका छन् । एयरलाइनका अनुसार दुर्घटना  बिसाेफ्तु शहर नजिक भएकाे हाे । याे एयरलाइनले दक्षिण अफ्रिकाका धेरै देशमा उडान गर्छ । 

 

यसबारे थप विवरण आउन बाँकी छ । 



 



  • प्रकाशित मिति : फागुन २६, २०७५ आइतबार १४:४३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया