कार्य समितिमा बहुमत छ भन्दैमा विधि र नियम मिच्नु भएन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो बहुमत छ भनेर नियम मिच्न नहुने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस प्रदेश १ (ख) र काठमाडौं वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले नियम मिच्दा पार्टी भित्रको प्रजातान्त्रिक आचरणमा असर पर्ने बताए । उनले आफू यस्तो प्रवृतिविरुद्ध अभियान चलाएर आएको मान्छे भएको र त्यस्तो कार्यलाई नियन्त्रण गर्नु पर्ने बताए । 

उनले भने, ‘वर्किङ कमिटीमा आफ्नो बहुमत छ भन्दैमा विधि र नियम मिच्नु भएन भन्ने कुरालाई अभियानको रूपमा चलाएको मान्छे हो म ।’ नेता सिंहले पार्टीलाई व्यवस्थित गरेर विधि नियमअनुसार लानु पर्ने बताए । समयलाई बुझेर चुनौतीको सामना गर्नु पर्ने उनको भनाइ छ । 

उनी भन्छन्, ‘यो बेकारको अस्वस्थ्य प्रतिस्पर्धा एक आपसमा नगरौँ है । सबैले काम गर्दै जाऔँ । अब अवसर पाउनको लागि धेरै फ्याक्टरहरू मिल्न पर्ने हुन्छ । इच्छा गर्नु आफ्नो अधिकारको कुरा हो तर आफूले चाहेको कुरा  प्राप्त भएन भने बाटो नै बिराउने गरेर पार्टीको गतिविधि अगाडि बढ्दैन भन्ने हेक्का राख्नुपर्छ ।’ 

नेता सिंहले राजनीतिमा धैर्य पनि हुनुपर्ने बताए । व्यक्तिगत पहिचान भन्दा पनि पार्टीलाई केन्द्र विन्दुमा राखेर काम गर्नु पर्ने उनको भनाइ छ । उनले विरोधीहरूको भएन भन्ने नारालाई टिपेर पार्टी कमजोर भयो भनेर हिँड्न नहुने बताए । 





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार ११:२२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया