नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली प्रमाणपत्र प्रकरणमा दुई डाक्टरलाई पनि पक्राउ गरेकाे छ।
सोही प्रकरणमा सिआइबीले आजै कांग्रेस सांसद डा. सुनिल शर्मालाई पनि पक्राउ गरेकाे थियाे ।
सांसद शर्मा पक्राउ परेको केही समयपछि सिआइबीले सोही प्रकरणमा डाक्टर रञ्जितकुमार यादव र त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर अमृत चौधरीलाई पनि पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई सिआइबीले लाजिम्पाटस्थित नेपाल ट्रस्ट रहेको भवनमा राखेको छ। साे भवन सिआइबीले भाडामा लिएर चलाइरहेकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।