पहिरोले बेनीघाट-आरूघाट सडकखण्ड अवरुद्ध, ओहोरदोहोर ठप्प
फाइल तस्बिर

केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनीघाट-आरूघाट सडकखण्ड अवरुद्ध भएको छ ।

गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

पहिरोले बेनीघाट आरूघाट सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको उनले बताए । सडक माथिबाट ठूला–ठूला ढुंगासहितको पहिरो खसेको स्थानीयले जानकारी दिएको उनले बताए । पहिरोले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारीसाधन आउजाउ ठप्प भएका छन् । 

सडक अवरुद्ध भएपछि आरूघाट, घाटबेँसी, बेनीघाट हुँदै काठमाडौं ओहोर–दोहोर गर्ने सवारी साधन चल्न सकेका छैनन् भने बोलेरोलगायतका निजी तथा भाडाका सवारी साधन पनि पूर्णरूपमा रोकिएको उनले बताए ।

अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । ‘ठूलाठूला ढुंगा पनि पहिरोसँगै खसेको छ, पहिरो हटाउनका आवश्यक पहल भइरहेको छ’, उनले भने, ‘लगातार वर्षा भइरहेकाले पहिरो हटाउनका लागि समस्या भइरहेको छ ।’

पहिरोका कारण  फुजेल, बेनीघाट हुँदै काठमाडौं, चितवनलगायतका शहरमा छुट्ने सवारीसाधान पनि अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् । रासस 






  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार ७:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया