अर्जेन्टिनामा राष्ट्रपति पदका १७ भन्दा बढी आकांक्षीबीच प्राथमिक निर्वाचन

अर्जेन्टिनामा राष्ट्रपति पदको निर्वाचनका लागि प्राथमिक चुनाव भएको छ । देशभर १७ हजार ४ सय ३१ सार्वजनिक र निजी विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा निर्वाचन गरिएको थियो । 

आगामी २२ अक्टोबरमा हुने आम चुनावका लागि उम्मेदवारी चयन गर्न आइतबार प्राथमिक निर्वाचन गरिएको हो । राष्ट्रपति पदको उम्मेदवार बन्न १७ जना बढी विभिन्न दलका नेता तथा स्वतन्त्र व्यक्तिहरूले प्राथमिक निर्वाचनमा भाग लिएका थिए । 

करिब ३ करोड ५३ लाख ९४ हजार ४२५ अर्जेन्टिनावासीलाई मतदानका लागि बोलाइएको थियो । अर्जेन्टिनामा अनिवार्य मतदान गर्नुपर्ने नियम छ ।

मतदाताले २०२३/०२७ को राष्ट्रपतिको कार्यकालका लागि १७ जना राष्ट्रपति पदका आकांक्षी र उनीहरूको दौडमा रहेका प्रतिस्पर्धीबाट आफ्नो देशको राष्ट्रपति चयन गर्न सक्नेछन् ।  





  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार १३:३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया