एमसिसी खारेजीको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन, अखिल क्रान्तिकारीले एमसिसीको विरोधमा प्रदर्शन गरेका छन् । सोमबार शान्तिवाटिकामा पार्टीको उपत्यका व्युरो र संयुक्त जनवर्गीय संगठनको आयोजनामा एमसिसी सम्झौतामा भएका राष्ट्रघाती प्रावधानको विरुद्धमा प्रदर्शन गरिएको हो । 

विरोध प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन, अखिल क्रान्तिकारीका महासचिव ललित सिंहले एमसिसी सम्झौतामा रहेका बुदाँहरु देशको राष्ट्रियता, सार्वभौमिकता, जनताको सर्वोच्चता, नेपालको कानुन र नेपाली जनताको प्रतिकुल रहेको भन्दै उक्त सम्झौता लागू गर्न नहुने बताए । उनले एमसिसी परियोजना मार्फत नेपाललाई आफ्नो अधीनमा राख्न खोजिएको भन्दै यो नेपालको हितमा नरहेको दाबी गरे । 

उनले भने, ‘यो सम्झौतामा रहेका बुँदाका भावहरू देशको राष्ट्रियता, सार्वभौमिकता, जनताको सर्वोच्चता, नेपालको कानुन र नेपाली जनताभन्दा माथि रहेको छ । एमसिसी परियोजना लागू भयो भने अमेरिकाले नेपालको कुनै पनि नियम कानुन मान्न बाध्य हुँदैनन् । यो नेपाललाई आफ्नो अधीनमा राख्ने एउटा काम हो । त्यस कारण यसलाई लागू गर्न हुँदैन । यो नेपालको हितमा छैन, यो विकास होइन । यसमा अमेरिकाको खराब मनसाय लुकेको छ । यसले नेपाललाई दीर्घकालीन असर पार्ने छ । ’ 

महासचिव सिंहले कुनै पनि हालतमा एमसिसी सम्झौतालाई कार्यान्वयन हुन नदिने भन्दै जबरजस्ती लागू गर्न खोजिएमा नेपाल कम्युनिस्ट पार्टी अखिल क्रान्तिकारीले यसको ठूलो प्रतिवाद गर्ने चेतावनी दिए ।





  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार १५:५५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया