चौंथो झापा गोल्डकपको उपाधिका लागि झापा ११ र आर्मी भिड्दै

काठमाडाैं– झापामा जारी चौंथो मगमग झापा गोल्डकपको उपाधिका लागि अहिले आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लव भिड्दै छन् । 

विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक झापाले पहिलो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लवलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले हराउँदै फाइनल स्थान सुरक्षित गरेका थियो । यस्तै आर्मीले क्यामरुनको दाउफिन्स फुटबल क्लवलाई १–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।  

गोल्डकपको चौंथो सिजनमा आइपुग्दा झापाले चौंथो पटकसम्म फाइनलमा प्रवेश गरेपनि हालसम्म उपाधि रक्षा गर्न सकेको छैन । र झापा गोल्डकपको फाइनलमा झापा ११ र आर्मीबीच यो तेस्रो भेट हो । 

यो पटक भने झापा ११ ले उपाधि जित्ने दाउमा रहेको छ ।  १० टिम सहभागि प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजारसहित ट्रफि प्राप्त गर्ने छ । 
 





  • प्रकाशित मिति : फागुन २७, २०७५ साेमबार १४:२३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया