रास्वपा सभापतिसँग राजदूत सोङकाे भेट

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आज बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटवार्ता भएको हो । प्रतिनिधिसभा सदस्य एवं पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र केन्द्रीय सदस्य लिमा अधिकारीलगायतको वार्तामा सहभागिता रहेको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् । 

त्यसअवसरमा नेपाल र चीनबीच आपसी चासोका विषयमाथि छलफल भएको थियो । मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयमा  पनि उनीहरूबीच छलफल भएको थियो । 

राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको र सोबारे यथाशीघ्र समाधानका पहल गरिने बताए । सभापति लामिछानेले आफ्नो दल पनि एक चीन नीतिप्रति अडिग रहेको अवगत गराएका थिए । 





  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार १६:१०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया