कांग्रेस मजबुत नभए देशको प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् । शनिबार काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १, क्षेत्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले २०४६ को परिवर्तन आएकोमा खुशी नभएकाहरू अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताए । उनले पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्ने बताए । नेता सिंहले कांग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताए । 

उनले भने, ‘केही गरेर कांग्रेस अलिकति यो निर्वाचन, राष्ट्रिय राजनीतिमा कमजोरी जस्तो भयो भने २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु त छन् । तिनीहरुले त यो सिस्टमलाई नै कमजोर पार्ने काम गरिरहको छन् । कांग्रेस जबसम्म मजबुत हुन्छ, तबसम्म लोकतन्त्र यो देशमा मजबुत हुन्छ, कांग्रेस कमजोर भयो भने यो सिस्टम नै के हुन्छ ? भन्नेकुरामा प्रश्न सुरु हुन्छ । त्यसैले हामीले गर्ने के हो भने पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्छ ।’

नेता सिंहले कांग्रेस अहिले पनि कमजोर नरहेको जिकिर गरे । उनले कांग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको माग अनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताए । उनले भने, ‘अब त जमाना कस्तो भइसक्यो भने काँग्रेसको संगठनमा कांग्रेस भएर मात्रै पनि पुग्दैन । काँग्रेसको संगठन पनि राम्रो हुनुपर्छ । राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज दिनुपर्छ ।’ 





  • प्रकाशित मिति : भदौ २, २०८० शनिबार १२:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया