प्रमुख दलले सिण्डिकेट खडा गरेर राज्यसत्ता कब्जा गरे : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिण्डिकेट खडा गरी प्रमुख दलहरुले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगाएका छन् । थापाले प्रमुख भनिने दलहरुले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुनत स्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमति गरेको भन्दै तीव्र रोष प्रकट गरे। 

पार्टीको काठमाडौं महानगर समितिद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो संघीय गणतन्त्र नाममा अहिले मुलुकमा कायम व्यवस्थाको नै अन्त्य जरुरी भएको समेत बताए । राप्रपा नेपाल भविष्यमा सत्ताकेन्द्रित हैन, जनता केन्द्रित भएर जनता र देशको हितको लागि अगाडि बढ्ने संकल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेको समेत थापाले स्पष्ट पारे । 

मुलुकमा विदेशी हस्तक्षेप र प्रभाव बढेको भन्दै थापाले बेरोजगारी, धर्मपरिवर्तन, महँगीको मारमा सिंगाे देश पिल्सिएको चर्चा गर्दै सत्ता केन्द्रित फोहाेरी खेलले विधिको शासनको उपहास भएको समेत जिकिर गरे । 

कार्यक्रममा नेताहरु तारानाथ लुइँटेल, श्याम घिमिरे, राजकुमार खड्का, दिवेश नापितलगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न नवप्रवेशीहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका थिए ।





  • प्रकाशित मिति : भदौ २, २०८० शनिबार १७:४९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया