कांग्रेसले कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुपर्छ : पूर्वमहामन्त्री सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगामी दिनमा कांग्रेसले कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । 

कांग्रेस काठमाडौं क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले पछिल्लो समय परिवर्तन नरुचाएका तत्व सलबलाउन थालेकाले कांग्रेस कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए । 

‘कांग्रेस कमजोर हुँदा प्राप्त उपलब्धि नै खतरामा पर्न सक्छ, प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने । कांग्रेसले मात्र सबै राजनीतिक शक्तिलाई मिलाएर अगाडि बढ्नसक्ने उनको भनाइ थियो ।

पूर्वउपप्रधानमन्त्री सिंहले लामो समयदेखि संसद् चल्न नसकेको बताउँदै संसद् सञ्चालन गर्नका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए । नेता सिंहले जनताको सुख, दुःखको साथी कांग्रेस भएको जनतालाई अनुभूति गर्न कांग्रेस नेता तथा कार्यकर्ताले सक्नुपर्ने उल्लेख गरे । 

कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङदेम्बेले कांग्रेसलाई बलियो र सशक्त राजनीतिक शक्ति बनाउनका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । अग्रज नेताको अनुभव र युवा नेताको जोश, जाँगरलाई अगाडि बढाउन सके मात्र कांग्रेस थप बलियो हुने उनको भनाइ थियो ।

कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँले पार्टी संगठनलाई गतिशील र चलायमान बनाउन सके अरु कुनै शक्तिले कांग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । 





  • प्रकाशित मिति : भदौ २, २०८० शनिबार २१:३२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया