संविधान कार्यान्वयको सवालमा विगत पाँच वर्ष खेर गए : सिटौला

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले जनताका पक्षमा काम गर्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेसका लागि संवाद केन्द्रद्वारा आयोजित ‘जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रममा नेता सिटौलाले सरकार देश र जनताका निम्ति इमान्दार देखिनुपर्ने उल्लेख गर्दै संविधान कार्यान्वयको पक्षमा विगत पाँच वर्ष सरकारले खेर फालेको बताए । 

सरकारले जनताका आवश्यकता र चाहनालाई नजरअन्दाज गर्न नहुने भन्दै उनले संविधान जारी पछि बनेको सरकारले तीन वर्ष भित्रमा जनताका लागि कानुन बनाई सक्नुपर्नेमा त्यो हुन नसकेको बताए । 

संघीय सरकारले प्रदेश सरकारलाई जनसम्पर्क कार्यालय जस्तो व्यवहार गरेको उल्लेख गर्दै नेता सिटौलाले जबसम्म प्रदेश सरकारको आफ्नो शासन र प्रशासन हुँदैन तबसम्म संघीयताको मर्म जनताले नबुझ्ने बताए । 

कोशी प्रदेश सरकारको सम्बन्धमा प्रमुख प्रतिपक्ष दलले सरकार गिराउने खेलमा लाग्नुभन्दा पनि सशक्त भूमिका निर्वाह गरी जनताका पक्षमा काम गर्नुपर्ने उनले सुझाव दिए । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली, सुशीला ढकाल, तारामणि गुरुङ तथा नेपाली कांगेसका नेता प्राडा रामप्रसाद पोखरेल, कुन्दनराज काफ्ले, यदु विष्ट, देउमान थेवे, रामकुमार चौधरी, खड्ग फागोलगायतले आ–आफ्नो धारणा राखे । 



उनीहरुले जनप्रतिनिधिले आफ्ना लागि होइन, जनताका लागि काम गर्नुपर्नेमा जोड दिए । 



  • प्रकाशित मिति : भदौ ५, २०८० मंगलबार १७:३७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया