साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा आज नेपाल र भुटान भिड्दै

काठमाडाैं– पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि विराटनगरमा सुरु हुँदैछ । उट्घाटन खेलमा आज घरेलु टोली नेपाल र भुटान प्रतिस्पर्धा गर्दै छन् । समूह ए मा रहेको यी दुई टिमबीचको खेल दिउँसो ३ बजे शहिद रंगशालामा हुनेछ।

नेपालले यसअघि तीन पटक फाइनल र एक पटक सेमिफाइनल खेलिसकेकाे छ । तर यी चारै खेलमा नेपाल भारतसँग पराजित भएको थियाे। भारत बाहेक अन्य दक्षिण एसियाली टिमसँग नेपाल पराजित भएको रेकर्ड छैन्।

भुटानसँग नेपालले तेस्रो र चौथो साफमा समुह चरणमा खेलेको थियो। दुवै पटक नेपाल ८-० ले विजयी भएको थियो।

नेपालले आफ्नो समूह चरणको दोस्रो खेल भने मार्च १६ तारिखमा बंगलादेशसँग खेल्दैछ ।

च्याम्पियनसिपको पूर्वसन्ध्यामा सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक हरि खड्काले सबै अपोनेन्टलाई सम्मान गर्दै राम्रो खेल्ने बताएका थिए।

दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक नेपालममा साफ महिला च्याम्पियन आयोजना गरेको हो । नेपालले ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता काठमाडौं उपत्यका बाहिर गर्न लागेको याे पहिलाे पटक हाे ।



 



  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार ९:४७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया