राजसंस्था पुनः स्थापनाका लागि आन्दोलन गर्ने राप्रपा नेपालको घोषणा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राप्रपा नेपालले राजसंस्था पुनः स्थापनाको मुख्य माग लिएर आन्दोलनको घोषणा गरेको छ । बिहीबार र शुक्रबार काठमाडौंमा दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले बैठकले राजसंस्था पुनः स्थापनाको माग लिएर आन्दोलनको घोषणा गर्ने निर्णय गरेको जानकारी दिए ।  

‘अब संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रसमेत राप्रपा नेपालको मूलभूत विचार हुने छ । राजसंस्था पुनः स्थापनाको मुख्य माग लिएर राप्रपा नेपालले आन्दोलन गर्ने घोषणा गरेको छ,’ थापाले भने ।

उनले भुटानी शरणार्थी प्रकरण र सुन तस्कर जस्ता भ्रष्टाचारमा राज्य संयन्त्र संलग्न रहेको आरोप पनि लगाए । ‘नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानी शरणार्थी बनाउने मानव तस्करी गरेर विदेश पठाउने यो काम केबल सामान्य कर्मचारी र व्यापारीबाट होइन देशका ठूला नेता स्वयम् गृहमन्त्री, जसले शान्ति सुरक्षाको जिम्मा लिएको छ तिनै व्यक्ति यस्तो जघन्य मानव तस्करीमा संलग्न छन् । क्विन्टल सुन तस्करी भएको छ । यसमा पनि राज्य संयन्त्र संलग्न रहेको छ,’ थापाले भने । 

कुनै दलमा विभाजन नभइ देशको स्वाभिमान रक्षाका लागि सबै एकै स्थानमा उभिनुपर्ने पनि थापाको भनाइ छ ।   





  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार १७:३५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया