सीआइबीको अनुरोध- सुन प्रकरणका कुनै सूचना भए उपलब्ध गराउनू

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सुन प्रकरणका विषयमा कुनै तथ्य प्रमाण, सूचना भए ब्यूरोमा पठाएर सहयोग गर्न अनुरोध गरेको छ । 

ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक नवराज अधिकारीले त्यस्ता सूचना, तथ्य वा प्रमाण यस कार्यालयमा प्रत्यक्षरूपमा आई उपलब्ध गराउन वा इमेलमार्फत पनि पठाउन सकिने बताए । सूचनाले अपराध अनुसन्धानमा सहयोग गर्ने पनि उनले बताए ।  

यसरी प्राप्त भएको जानकारी वा सूचनाको श्रोत गोप्य रहने पनि उनले बताए । उनका अनुसार सुनका विषयमा कसैसँग केही सूचना, तथ्य वा प्रमाण भएमा यस ब्यूरोको इमेल ठेगाना [email protected] मा पठाउन वा सूचना अधिकारीको सम्पर्क नम्बर ९८५१२९१३११ मा जानकारी दिन सकिने उल्लेख गरिएको छ ।

विभिन्न गिरोहले अवैधरूपमा भन्सार छली ल्याएको सुन प्रकरणका सम्बन्धमा केही दिन यता विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित भएका समाचारका सम्बन्धमा ब्यूरोको ध्यानाकर्षण भएको पनि ब्यूरोले जनाएको छ । 

एक महिना अघि भन्सार छली ल्याइएको सुनको सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको जनाइएको छ । यसभन्दा अगाडिका विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट सूक्ष्मरूपमा अनुसन्धान भइरहेको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।   

झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा केही दिन अघि मात्रै ब्यूरोले आफ्नो अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ । उक्त प्रकरणमा भोलि अदालतमा मुद्दा लैजाने तयारी छ । उक्त प्रकरणमा १८ जना हिरासतमा छन् । 





  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार २१:३४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया