एमसिसी पास भयो भने आत्महत्या गर्छु भन्नेहरु आज मन्त्रिमण्डलमा छन् : नेता गजुरेल
‘एमसिसी सम्झौता खारेजी मात्र होइन, फिर्ता हुनुपर्छ’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेलले एमसिसी खारेजी मात्र नभई फिर्ता हुनुपर्ने टिप्पणी गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित ‘एमसिसी खारेज वा फिर्ता’ विषयक विशेष अन्तरक्रिया कार्यक्रममा नेता गजुरेलले एमसिसीको सम्झौता राष्ट्रघात भएको टिप्पणी गरे । उनले एमसिसी अब लागू गर्दैनौँ भनेर पार्टीहरु उठिदिए भने सम्झौता फिर्ता हुने भन्दै एमसिसी खारेजी मात्र होइन फिर्ता नै हुनुपर्ने बताए । 

उनले भने,‘एमसिसीको सम्झौता संससदबाट अनुमोदन गरेर दलहरुले देशका विरुद्ध ठूलो अपराध गरेका हुन् । अपराध कम गर्न त्यो बेला पारित गर्यौँ अब लागू गर्दैनौँ भनेर पार्टीहरु उठिदिए भने, त्यहाँ सहमति भइदियो भने सम्झौता उसले फिर्ता लैजानुपर्छ, आज हाम्रो माग एमसिसी खारेजी मात्र होइन फिर्ता हुनुपर्छ ।’

नेता गजुरेलले एमसिसी पास भयो भने आत्महत्या गर्छु भन्नेहरु नै आज मन्त्रिमण्डलमा रहेको बताए । आत्महत्या गर्छु भन्नेहरुले आन्दोलनमा सहभागी भएर पाप नपखाले इतिहासले त्यसको सजाय दिने तर्क पनि गजुरेलले गरे ।
 
उनले भने,‘हिजो एमसिसी पास भयो भने आत्महत्या गर्छु भन्नेहरु आज मन्त्रिमण्डलमा पो छन् के आत्महत्या गर्नू ! हिजो आत्महत्या गर्छु भन्नेहरुले पाप पखाल्नका लागि भए तापनि कुनै न कुनै किसिमबाट आन्दोलनमा सहभागी भएर त्यो पाप पखाल्नुपर्छ । नत्र भने इतिहासले त्यसको सजाय उनीहरुलाई दिनेछ ।’





  • प्रकाशित मिति : भदौ ९, २०८० शनिबार १५:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया