बायर्नको जितमा ह्यारी केनको दुई गोल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बुन्डेस लिगाको डेब्यू खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनको दुई गोलको मद्दतमा साबिक विजेता बायर्न म्युनिखले लिगमा शतप्रतिशत नतिजा निकालेको छ । शतप्रतिशत नतिजा निकाल्नेक्रममा गएराति बायर्नले एफसी अग्सबर्गलाई ३–१ गोलले हरायो ।   

पहिलो हाफको ३२औँ मिनेटमा फेलिक्स उडुओखाईले आत्मघाती गोल गरेपछि बायर्नले खेलमा अग्रता लियो । ८ मिनेटपछि पेनाल्टीबाट गोल गर्दै केनले टोलीको अग्रता दोब्बर बनाए ।  

योसँगै उनी बुन्डेस लिगाका पहिलो दुई खेलमा गोल गर्ने पहिलो इङ्ग्लिस खेलाडी बने । दोस्रो हाफको ६९औँ मिनेटमा केनले अर्को गोल गर्दै टोलीलाई ३–० ले अगाडि बढाए । 

डियोन बेलहोले खेलको अन्त्यतिर अग्सबर्गका लागि सान्त्वना गोल फर्काए । दुई खेलबाट ६ अंक जोडेको बायर्न गोल अन्तरको आधारमा लिगको दोस्रो स्थानमा रहेको छ । 
 





  • प्रकाशित मिति : भदौ ११, २०८० साेमबार ८:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया