पूर्वसुरक्षाकर्मी परिषद्का प्रवक्ता भन्छन्- एमसीसी पास गरेर देउवा-प्रचण्डले धोका दिए

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वसुरक्षाकर्मी परिषद् नेपालका प्रवक्ता हेमशंकर गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसी पास गरेर जनतालाई धोका दिएको आरोप लगाएका छन् । 

सोमबार एमसीसी कार्यान्वयनविरुद्धको वृहत् अन्तरक्रिया कार्यक्रममा प्रवक्ता गिरीले संयुक्त सरकारकै सहभागितामा मुलुकलाई धोका दिने काम भएको बताए ।

‘राष्ट्रघाती एमसीसी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको घाँटीमा तरबार झुण्डाएर पास गरेको हो कि के हो मलाई थाहा छैन । उहाँ आफैं संयुक्त सरकार सहभागी हुनुहुन्थ्यो २०७४ मा त्यतिबेला नै यो एमसीसी सम्झौता भएको थियो,’ उनले भने ।

प्रवक्ता गिरीले एमसीसी पास गरेर नेपाली जनता र मातृभूमिप्रति धोका भएको जिकिर गरे । उनले नेपाल जस्तो मुलुकमा द्वन्द्व फैलाएर तहसनहस गरेर विदेशी सेनाको कब्जामा देशलाई पुर्याउने कार्य भएको दाबीसमेत गरे ।  





  • प्रकाशित मिति : भदौ ११, २०८० साेमबार १४:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया