एमसीसीका उपाध्यक्ष अलफोर्ड आज नेपाल आउँदै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा आज नेपाल आउँदैछन् ।

एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख आज अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन काठमाडौं आइपुग्ने कार्यक्रम छ । ​क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउने कार्यक्रम तय भइसकेको छ । 

उनले अमेरिकी सहयोगमा सञ्चालित एमसीसी, अरू अमेरिकी सहयोगका परियोजना र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ ।​ 

क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलका नेताहरूलाई भेटघाट गर्ने कार्यक्रम छ । उनी १५ भदौमा स्वदेश फर्किने छन् ।​  





  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार ७:१०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया