सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरीले एसएसपी आचार्यलाई हङकङ पठायो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल प्रहरीले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ । सुन तस्करीबारे अनुसन्धान गर्न सिआइबीमा कार्यरत एसएसपी आचार्यलाई हङकङ पठाइएको हो । 

उनले त्यहाँ रहँदा हङकङ प्रहरीको पनि यस विषयमा सहयोग लिनेछन् । सिआइबीले यसअघि नै सुन तस्करी अनुसन्धानमा सहयोगका लागि इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंमार्फत एनसिबी बेइजिङलाई पत्राचार गरेको थियो ।

यसैबीच, सुन तस्करी प्रकरणमा पक्राउ परेका छ जनाविरुद्ध इन्टरपोलबाट पर्पल नोटिस जारी हुने भएको छ । चिनियाँ नागरिक सउतेन भनिने डिङ सेग फा, अली र लीसमेत भनिने ली वेन टी सुङ, स्टेप्स र रोजर पनि भनिने ली नेङकाई, एलेक्स भनिने याओ पुचेङ, भारतीय नागरिक टासी भनिने थुप्नेत छिरिङ र बेल्जियन नागरिक दावा छिरिङविरुद्ध पर्पल नोटिस जारी गर्न सिफारिस गरेको हो । 

सिआईबीले पठाएको पत्रका आधारमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले फ्रान्सको लियोनस्थित हेडक्वार्टरलाई पर्पल नोटिस जारी गर्न सिफारिस गरेको छ ।  
 





  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार ९:४३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया