एमसिसीविरुद्ध चार दलले प्रदर्शन गर्दै
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

चार कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता कार्यान्वयन विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । 

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नक्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।

उनीहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै बुधार देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने घोषणा गर्दै काठमाडौं उपत्यकामा माइतीघर मण्डलामा प्रदर्शन गर्ने जनाएका छन् । काठमाडौंको माइतीघर मण्डलामा दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने जनाएका छन् । एमसिसी परियोजना आज देखि कार्यान्वयनमा आउँदै छ ।  





  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार ११:५३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया