दक्षिण अफ्रिकामा पाँच तले भवनमा आगो लाग्दा ५८ जनाको मृत्यु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँचतले एक भवनमा आगो लाग्दा ५८ जनाको मृत्यु भएको छ । यस्तै, ४० जनाभन्दा बढी घाइते भएका छन् ।

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ५८ जनाको शव फेला परेको तथा ४३ जना सामान्य घाइते भएका छन् । 

भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । प्रवक्ता मुलाउजीले मृतकको मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।    

आगो निभाउने प्रयासमा दमकलका कर्मचारी प्रत्येक तलामा परिचानलन भएका छन् । घाइतेलाई अस्पताल पुर्‍याइएको छ । आगलागीको कारण भने खुलेको छैन । 

केही समयअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ । 

घरबारविहीन व्यक्तिहरू कुनै औपचारिक भाडा सम्झौताबिना नै भवनमा सरेका जनाउँदै प्रवक्ता मुलाउजीले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भएको बताएका छन् । 



उनले १५ वर्षको जागिरे जीवनमा यति भयावह घटना नदेखेको बताएका छन् । आगो लागेको भवनमा करिब २ सयजना बसेका हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।  



  • प्रकाशित मिति : भदौ १४, २०८० बिहीबार १४:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया