बुढीगण्डकीले बगाउँदा धादिङका शिक्षक बेपत्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बुढीगण्डकी नदीमा नुहाउने क्रममा धादिङका एक शिक्षक बेपत्ता भएका छन्। नीलकण्ठ नगरपालिका– १३ का वासु तिमिल्सिना बेपत्ता भएका हुन् । तिमिल्सिना नीलकण्ठ नगरपालिका– १३ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार तिमिल्सिना तीनजना साथीसँग दर्शनका लागि त्रिपुरासुन्दरी गाउँपालिका– १ स्थित नरसिंहधाम पुगेका थिए। 

साथीहरूसँगै पौडी खेल्दै भिडियो बनाउने क्रममा गहिरो स्थानमा पुग्दा बेपत्ता भएको एसपी मिश्रले बताए।उनका अनुसार अहिले प्रहरी, स्थानीयलगायतको टोलीले स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरी खोजीकार्य गरिरहेको छ। 

खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलतर्फ जाँदै छ।





  • प्रकाशित मिति : भदौ १५, २०८० शुक्रबार १७:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया