मधेसमा सिके राउतभन्दा पूर्वराजा लोकप्रिय ?

धनुषा– तराई–मधेसलाई छुट्टै राज्य बनाउनुपर्ने माग राख्दै आएका सिके राउतले सरकारसँग ११ बुँदे सम्झौता गरेसँगै राजधानी काठमाडौंको राजनीति गर्माएको छ । तर, मधेसमा भने सो सम्झौताको खासै प्रभाव देखिएको छैन । 

सरकारसँग सम्झौतापछि राउतका कार्यकर्ता अलमलमा परेका छन् । सो समूहका गतिविधि एकाएक सेलाएका छन् । तर, मधेसमा पूर्वराजा ज्ञानेन्द्रका समर्थकका गतिविधि तीव्र बनेको छ । 

राजनीतिक वृत्तमा मात्र होइन, जनकपुरका सञ्चार माध्यमले पनि सिके राउत र उनको समूहलाई प्राथमिकतामा राखेका छैनन् । बरु तराई–मधेसमा अहिले सिके राउतले सरकारसँग आत्मसमर्पण गरेको चर्चा व्यापक छ । 

अहिले पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर पुगेका छन् । उनको स्वागतमा ठाउँ–ठाउँमा होर्डिङबोर्ड ब्यानर टाँगिएका छन् । पूर्वराजाको स्वागतसँगै जनकपुरमा अहिले हिन्दू राष्ट्रको माग तीव्र बनेको स्थानीयले बताएका छन् । 





  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार १४:३१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया