मेस्सीको गोलमा अर्जेन्टिनाको रोमाञ्चक जित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कप्तान लियोनल मेस्सी सानदार प्रदर्शनमा अर्जेन्टिनाले विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराउँदै विजयी सुरुवात गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरे । उनले खेलको ७८औँ मिनेटमा फ्रिकिकमार्फत सुन्दर गोल गरे ।

यो जितसँगै अर्जेन्टिनाले ३ अंक बटुलेको छ । शुक्रबार नै भएको अन्य खेलमा कोलम्बियाले भेनेजुयलालाई हराउँदा पराग्वे र पेरुले गोलरहित बराबरी खेले । 

छनोटमा १० राष्ट्रको सहभागिता रहेको छ । 
 





  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार १०:२२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया