जी–२० शिखर सम्मेलन : दिल्ली घोषणापत्रमा सहमति

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतको नयाँ दिल्लीमा जारी जी–२० शिखर सम्मेलनमा सहभागी सबै राष्ट्रले घोषणापत्रमा सहमति जनाएका छन् । आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई धन्यवाद दिँदै सो घोषणापत्र अवलम्वन गर्न प्रस्ताव गरेका छन् ।

आफूहरूको कठिन मिहिनेत र सबैको सहयोगमा घोषणापत्र तयार पारिएको भन्दै प्रधानमन्त्री मोदीले भने, ‘हाम्रो टिमको कडा मिहिनेत र तपाईं सबैको सहयोगबाट नयाँ दिल्ली जी २० नेताहरूको घोषणापत्रमा आमसहमति बनेको छ ।’

रुस–युक्रेन युद्धबारे घोषणापत्रमा प्रयोग गरिएको शब्दलाई लिएर युक्रेनले भने असन्तुष्टि जनाएको छ । दिल्ली घोषणापत्रमा युक्रेन युद्धबारे दुःख व्यक्त मात्रै गरिएको छ । रुसको कदमलाई लिएर कुनै आपत्ति नजनाइएको भन्दै युक्रेनले आपत्ति जनाएको हो । 





  • प्रकाशित मिति : भदौ २३, २०८० शनिबार २२:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया