मोरक्कोमा भूकम्प : मृतकको संख्या २ हजार नाघ्यो, २ हजारभन्दा बढी घाइते

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मोरक्कोमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । शुक्रबार अबेर गएको भूकम्पका कारण माटोको इँटा, ढुङ्गा र काठका घरहरू फुटेका र मस्जिदका मीनारहरू भत्किएका ढलानमा पुरिएकाहरूको अझै पनि खोजी जारी छ । 

ऐतिहासिक पुरानो शहर माराकेचमा पनि ठूलो क्षति पुगेको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । गृह मन्त्रालयले २ हजार १२ जनाको मृत्यु भएको र २ हजार ५९ जना घाइते भएको जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार ६ दमबलव ८ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु माराकेचबाट करिब ७२ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो भूकम्पको केन्द्रविन्दु नजिकै रहेको अमिज्मिज गाउँमा उद्धारकर्मीहरूले खाली हातले भग्नावशेषबाट बाहिर निकालेका थिए ।  





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार ६:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया