अन्तिम संस्कारमा सहभागीलाई ट्रकले ठक्कर दिँदा पाँचको मृत्यु, २५ जना घाइते

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दक्षिणी टर्कीको कहरमनमारस प्रान्तमा अन्तिम संस्कारमा सहभागी भएका मानिसलाई ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।  

कहरामनमारस-अण्डिरिन राजमार्गमा अन्तिम संस्कारमा सहभागी उनीहरूलाई ट्रकले ठक्कर दिएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । 

टर्कीमा सडक सुरक्षा कमजोर छ । आधिकारिक तथ्यांकअनुसार गत वर्ष १ लाख ९७ हजारभन्दा बढी सवारी दुर्घटनामा ५ हजार २ सय २९ जनाले ज्यान गुमाएका थिए । 





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार ११:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया