चीनको ग्वाङडोङमा बाढी : ८० हजार नागरिक विस्थापित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन् ।  

उनीहरूलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रका धेरै शहर र काउन्टीमा मुसलधारे वर्षा भइरहेको छ । जसका कारण बाढी पहिरो र सडक अवरुद्ध भएको छ ।   

प्रान्तीय विपद् न्यूनीकरण आयोगले १५ शहरमा बढी जोखिम रहेको बताएको छ । सेन्जेन, झुहाइ र जियाङ्मेन शहरहरू र फोशान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागहरूमा विद्यालयसमेत बन्द गरिएको छ ।  

त्यस्तै, ४७ रेल सेवाहरू अवरुद्ध भएका छन् । यस्तै, ७९ सडक खण्ड, ६ वटा टोल बुथ र एउटा पुल अवरुद्ध भएको छ । 





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार ११:१३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया