उत्तर कोरियाली नेता किम किन पुगे रुस ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

उत्तर कोरियाका नेता किम जोङ उन रुस पुगेका छन् । नेता किम सवार निजी रेल रुसी भूमिमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

नेता किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोर्स्की क्षेत्रमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीलाई उल्लेख गर्दै अलजजिराले समाचार सार्वजनिक गरेको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले भने सोमबार नै नेता किमको चढेको रेल रुसी भूमिमा प्रवेश गरेको बताएको थियो ।

रुसी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली नेता किमले यसै साता आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । कोभिड महामारीपछि अर्थात् पछिल्लो चार वर्षपछि उनको यो नै पहिलो विदेश भ्रमण हो । 

सशस्त्र फौजका साथ उनी यात्रामा निस्किएका हुन् । उनका साथमा रक्षामन्त्रीसहित वरिष्ठ सैनिक अधिकारीहरू पनि छन् । द्विपक्षीय सैन्य सम्बन्ध तथा हातहतियार आपूर्तिका सम्बन्धमा छलफल गर्न किमले उनीहरूलाई पनि भ्रमण दलमा समावेश गरिएको बताइएको छ । राष्ट्रपति पुटिन हाल वार्षिक आर्थिक मञ्चमा भाग लिने सिलसिलामा भ्लादिभोस्तोकमा छन् ।

प्रतिरक्षा विश्लेषकहरूका अनुसार मस्कोले उत्तर कोरियाबाट हातहतियार र एन्टिट्याङ्क मिसाइलहरू लिएर रुसबाट उपग्रह र आणविक शक्तिबाट सचालन ह्न पनडुब्बी प्रविधि चाहेको छ । 



यद्यपि क्रेमलिनले विश्व एवं क्षेत्रीय मामिलामा दुई देशका नेताले वार्ता गर्ने बताएको छ । पश्चिमा प्रतिबन्धबाट पिरोलिएको प्योङयाङले मस्कोसँग खाद्यान्नलगायत अन्य मानवीय सहायताका निम्ति अनुरोध गर्ने बताइएको छ । 



  • प्रकाशित मिति : भदौ २६, २०८० मंगलबार १३:३७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया