सुन प्रकरण अनुसन्धान : भोलि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँदै सिआइबी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणबारेको प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । लामो समयको अनुसन्धान सकेर सिआइबीले सो बहुचर्चित सुन प्रकरणको प्रतिवेदन तयार गरेको हो । 

हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलस्थित भन्सार कार्यालयअगाडिबाट बरामद गरेको थियो ।विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिएको थियो । 

ब्रेक सुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो । सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार अनुसन्धान प्रतिवेदन लेखन कार्य आज साँझ सकिएको छ । 

सो प्रतिवेदन रायसहित भोलि सरकारी वकिलमा बुझाउने तय भएको उनले जानकारी दिइन् । आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ । 

सुन अनुसन्धान सुरु भएको यही ३१ गते ६० दिन पुग्छ । ६० दिनभित्र मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने भएकाले भोलि प्रतिवेदन बुझाउने मिति तय गरिएको हो । सरकारी वकिल कार्यालयले तीन दिन मिसिल अध्ययन गरेर मुद्दा अदालतमा पुर्याउँछ । 





  • प्रकाशित मिति : भदौ २६, २०८० मंगलबार २२:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया