धितोपत्र बोर्डको निर्णय : जनताको जलविद्युत् कार्यक्रमको सेयरमा क्रेडिट रेटिङ गराउनु नपर्ने

काठमाडौं– नेपाल धितोपत्र बोर्डले ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युत्को सेयरधनी’ कार्यक्रममा समेटिएका जलविद्युत् आयोजनाले साधारण सेयर बिक्री गर्दा क्रेडिट रेटिङ गराउनु नपर्ने निर्णय गरेकाे छ । त्यसले सेयर बिक्रीलाई सरल र सहज बनाउनेछ । 

बोर्डले यो निर्णय बिहीबार सार्वजनिक गरेको हो । सरकारको कार्यक्रमअनुसार कार्यान्वयन आउन लागेका जनताको जलविद्युत् कार्यक्रमलाई थप सहजीकरण गर्न त्यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ । कार्यक्रमअन्तर्गत संगठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने गरी छुट दिने बोर्डको निर्णय छ। 

यस कार्यक्रमअन्तर्गत सरकारले पहिलो चरणमा नुवाकोटमा निर्माण सुरु भएको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको अग्रिम सेयर बिक्री गर्ने तयारी गरेको छ । यसअघि, सरकारले नागरिकबाटै लगानी जुटाएर ३ हजार ५ सय मेगावाटको आयोजना निर्माण गर्ने घोषणा गरेको थियो । 





  • प्रकाशित मिति : फागुन ३०, २०७५ बिहीबार २१:३५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया