राती एक्लै हिँड्न डराउँछन् अष्ट्रेलियाका महिला

एजेन्सी– अष्ट्रलियाका महिलाहरु राती एक्लै हिँड्न असुरक्षित महसुस गर्ने गरेका छन् । अष्ट्रेलियामा हालै भएको एक सर्वेक्षणले यस्तो नतिजा सार्वजनिक गरेको हो

मिसन अष्ट्रेलिया जेन्डर ग्याप २०१८ को युवा सर्वेक्षणमा १५ र १९ वर्षका ३० हजार युवाहरु उक्त सर्वेक्षणमा सहभागी थिए । 

अध्ययनमा सहभागी भएको युवायुवतीलाई सामाजिक मूल्यमान्यता, समस्या, तनाव र उद्देश्यका बारेमा प्रश्न गरिएको थियो । महिलाहरुले स्कुल, कलेज, पढाई र शारीरिक बनावटका विषयमा सबैभन्दा धेरै तनाव लिने गरेको पाइएको छ । 

अष्ट्रेलियाका महिलाहरु रातिको समय हिँडेर एक्लै घर जान आफ्नै उमेरका पुरुषहरुको तुलनामा असुरक्षित महसुस गर्ने गरेको देखिएको छ । 

४७ प्रतिशत महिलाहरु अँध्यारो भएपछि एक्लै हिँड्न डर लाग्ने बताइरहेकी थिइन्, तर १८.१ प्रतिशत पुरुषमात्रै असुरक्षित अनुभव गर्ने सर्वेक्षणबाट पाइएको छ । 

सर्वेक्षणले राती हिँड्ने डरका बारेमा महिलाहरु बढी चिन्तित देखिएपनि यो दुवैका लागि साझा चिन्ताको विषय भएको जोआना फाएल्ड्स बताउँछिन् । 



मिसन अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत जेम्स टुमीले अष्ट्रेलियाका युवाहरुमालाई सुरक्षित वातावरण प्रदान गर्नतर्फ यो सर्वेक्षणले अग्रसर गराउने प्रतिक्रिया दिए । 

यस्तै,  हालै सार्वजनिक भएकाे अष्ट्रेलियाको सरकारी तथ्यांकअनुसार प्रत्येक तीन जनामा एक जना महिला शारीरिक हिंसामा पर्ने गरेका छन्, त्यस्तै पाँच जनामा एक महिला यौन हिंसाको शिकार हुने गर्छन् । १० जना महिलामध्ये एक महिला नचिनेको मान्छेबाट हिंसामा पर्ने गरेको तथ्यांकले देखाएको छ । 
 
विशेषगरी अष्ट्रेलियाको सामुद्रिक टापुका महिला र आदिवासी महिलाहरु अझै धेरै हिंसामा पर्ने गरेको तथ्यांकले देखाउँछ । महिला हिंसा हुने राष्ट्रको सुचीमा जि ट्वान्टी राष्ट्रहरु मध्ये अष्ट्रेलिया आठौं स्थानमा पर्छ । 



घरेलु हिंसाको दर पनि धेरै छ । घरेलु हिंसा सामान्य जस्तै बनेको छ । अष्ट्रेलियामा प्रत्येक एक हप्तामा आफ्नै पार्टनरबाट एक महिलाको हत्या हुने गरेको उक्त तथ्यांक बताउँछ । 

  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार ८:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया