युराेपा लिगकाे क्वार्टरफाइनलमा चेल्सी

एजेन्सी– डाइनामो किभलाई ५–० गोलअन्तरले पराजित गर्दै चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा किभलाई पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा पुगेकाे हाे । 

ओलिभियर जिराउडले ह्याट्रिक गोल र मार्कस एलन्स र कलुम हुड्सन ओडोइले १–१ गोल गरेर चेल्सीलाई क्वाटरफाइनलमा पुर्याए।

जिराउडले पाँचौं मिनेटमा नै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यस्तै, उनले ३३ औं मिनेटमा अर्को गोल गर्दै चेल्सीको अग्रतालाई दोब्बर बनाए । पहिलो हाफको अतिरिक्त समयमा एलन्सले गोल गर्दै चेल्सीलाई पहिलो ३–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा ३–० गोलले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । चेल्सीका जिराउडले ५९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

हुड्सनले ७८औं मिनेटमा गोल गरेपछि डाइनामोलाई चेल्सीले ५–० गोलअन्तरले पराजित गरेको हो ।



 



  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार ८:४७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया