गठबन्धन बन्दाको सहमतिलाई कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरे मात्रै देश अस्थिरताबाट जोगिने बताएका छन् ।

मंगलबार काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंहको २६औँ स्मृति दिवसको अवसरमा उनको शालीकमा माल्यार्पण गर्दै उनले सरकार गठन हुँदा भएको दलहरूबीचको समझदारीलाई नै सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने बताएका हुन् । 

‘यो डेमोक्रेसीको विशेषता नै के हो भने खुलारूपमा हुन्छ सबै कुरा । यो सरकार गठन भएर फेरि विघटन भएर फेरि गठन हुँदा जुन दलहरूबीचको समझदारी हो त्यसलाई सबै दलले कार्यान्वयन गरेर जाँदा नै यो देशको राजनीतिक अस्थिरतालाई स्थिरतामा परिणत गर्न र समाजमा रहेका कमी कमजोरी र असन्तुष्टिलाई समेट्न सक्छौँ,’ नेता सिंहले भने, ‘गठबन्धन हुँदा जे समझादरी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्छ । लाखौँ नेता र कार्यकर्ता भएको पार्टीमा कसले कुन सन्दर्भमा के बोल्छ भन्नेकुरा पार्टीको आधिकारिक धारणा हुँदैन । केन्द्रीय समिति बसेर गरेको निर्णय नै आधिकारिक हुन्छ ।’

उनले समाजमा रहेका कमी कमजोरी र असन्तुष्टिलाई समेट्न सकिने माध्यम पनि समझदारी कार्यान्वयन भएको बताए । सिंहले पार्टीभित्र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आए पनि व्यक्तिगत कुरामा भन्दा केन्द्रीय समितिले गरेको निर्णय आधिकारिक हुने बताए ।

उनले संविधानको भावना र मर्मअनुरूप चाँडोभन्दा चाँडो तीन तहका सरकारलाई दिनुपर्ने अधिकार दिएर राम्रोसँग काम गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार ९:३९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया